काठमाडु –‘नक्कली प्रचण्ड’का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ।
लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।
‘मेरी बास्सै टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।
प्रतिक्रिया