काठमाडौं – लामो समयदेखी शिक्षा क्षेत्रमा काम गरिरहेको संस्था घाँसी नेपालले सानेपास्थति टिका विद्या आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।
कोरोना संक्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी आश्रमद्वारा सञ्चालित नि:शुल्क खाना वितरण कार्यक्रमलाई सहायता होस् भन्ने हेतुले सोमबार घाँसी नेपालले खाद्यान्न सामग्री वितरण गरेको हो ।
आश्रमले प्रत्येक दिन बिहान-बेलुकी खाना तयारी गरी खानाको अभावमा भोका परेकालाई निः शुल्क खाना खुवाउँदै आएको छ । “बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई खाना खुवाउने रहेछ,” ।
घाँसी नेपालकी सदस्य इच्छा गुरुंग शाहले भनिन्, “त्यो खबर पाएपछि घाँसी नेपालले पनि विभिन्न माध्यमबाट संकलित सहयोग जम्मा गरि आश्रमको काममा सहयोग पुगोस् भनेर खाद्यान्न सामग्री वितरण गरेका हौं । यो हाम्रो तर्फबाट सानो सहयोग मात्र हो ।”
निशुल्क खाना वितरण कार्यक्रममा ललितपुर उपमहानगरपालिका वडा नम्बर २, सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सानेपा लगायतले सहजिकरण गरिरहेको आश्रमले जनाएको छ । आश्रमद्वारा सञ्चालित निशुल्क खाना वितरण कार्यक्रममा प्रत्येक दिन २०० देखी व्यक्ति लाभान्वित भइरहेको आश्रमले जनाएको छ।






प्रतिक्रिया