सेवाग्राहीबाट घुस लिँदालिँदै सबइन्जिनीयरसहित २ जना पक्राउ


काठमाण्डु – सेवाग्राहीसँग घुस लिँदालिँदै पोखरा महानगरपालिकाकी सबइन्जिनीयरसहित २ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सबइन्जिनीयर उषाकिरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । उनीहरूले घर सम्पन्न प्रमाणपत्र दिनका लागि घुस रकम मागेको अख्तियारको आरोप छ ।

कुँवरलाई पोखराको महेन्द्र पुल नजिकबाट र सबइन्जिनीयर रोकायालाई पोखराको मालेपाटनबाट अख्तियारको टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement