घुससहित सशस्त्र प्रहरीका २ अधिकृत पक्राउ


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवामा कार्यरत सशस्त्र प्रहरीका इन्स्पेक्टर र सशस्त्र प्रहरी नायव निरीक्षक ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई बिहीबार पक्राउ गरेको हो ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको बुटवलस्थित आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

उनीहरुले काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement