जागिर नै जाने भएपछि सशस्त्रका इन्सपेक्टरले फिर्ता गरे ४० हजार घुस


काठमाण्डु – सशसत्र प्रहरीका इन्सपेक्टरले ४० हजार रुपैयाँ घुस फिर्ता गरेका छन् । बोर्डर आउट पोस्ट (बीओपी) पचरौतामा खटिएको सशस्त्र प्रहरी निरीक्षक सिंहवीर (सागर) मल्लले भैंसी व्यापारी देयाली यादवसँग लिएको ४० हजार रुपैयाँ घुस फिर्ता दिएका हुन् ।

उनले घुस लिएको अडियो सार्वजनिक भएपछि भैंसी व्यापारीका भाइ गजेन्द्र यादवलाई मंगलबार कार्यालयमा बोलाएर फिर्ता गरेको उक्त रकम फिर्ता गरेको बताइएको छ ।

बाराको पचरौता नगरपालिका–३ का यादवले गाउँघरबाट ६ वटा भैंसी र राँगा खरिद गरी चितवनको नारायणगढ बजार लैजादै गरेको अवस्थामा इन्सपेक्टर मल्ल र जवान नन्दकिशोर ठाकुरले घुस मागेका थिए ।

सशस्त्रको टोलीले कोतवाली गाउँ नजिकबाट भैंसी र गाडी सोमबार राति पक्राउ गरी ४० हजार घूस लिएर छाडेको थियो । उनले भारतबाट भैंसी ल्याएको भन्दै भन्सारमा बुझाउने बताएपछि व्यापरीले राती नै उक्त रकम बुझाएका थिए ।

तर, इन्सपेक्टर मल्लले भने आफूलाई भैंसी व्यापारीले जर्बजस्ती घुस रकम दिएकाले फिर्ता गरेको बताएका छन् । उनले आफूमाथि कारबाही रोक्नका लागि सक्रियता देखाएको बुझिएको छ । सामान्यतया घुस लिएको प्रमाणित भए जाागिरबाट बर्खास्त गर्ने कानून रहेको छ । बर्दिवास बाहिनीले इन्सपेक्टर मल्लमाथि छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement