बाबुले जन्मदिनमा उपहार दिएको बिएमडब्लु कार छोराले नदीमा बगाए


एजेन्सी – आफुले मागेको उपहार नपाएपछि भारतमा एक युवकले बिएमडब्लु कार नदीमा बगाईदिएका छन् ।

भारतको हरियाना राज्यमा बस्ने एक युवकले बाबुले जन्मदिनको लागी जगुआर कार नल्याइएर बिएमडब्लु कार ल्याइदिएको भन्दै नदीमा बगाइदिएका हुन् ।

गिफ्ट दिइएको बिएमडब्लु कारको मुल्य ५६ लाख नेपाली रुपैयाँ पर्ने बीबीसीले जनाएको छ ।
आफ्नो मागमा जिद्दी बनेका छोराले बाबुले दिएको कार अस्वीकार गर्दै बगाइदिएका हुन् ।
घटनाबारे त्यहाँको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement