शुभमन गिललाई १२ लाख जरिवाना, यस्तो छ कारण


काठमाण्डु- भारतमा जारी आईपीएल अन्तर्गत टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिल १२ लाख जरिवानामा परेका छन् ।

मंगलवार आईपीएल २०२४ मा दोस्रो खेलमा गुजरात टाइटन्स चेन्नई सुपर किंग्स विरुद्ध सुस्त ओभर रेटका कारण गिललाई १२ लाख जरिवाना तिराइएको हो ।

उक्त खेलमा गुजरात टाइटन्सले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ । इन्डियन प्रिमियर लिगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ । ‘यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ ।’ नोटिसमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement