असार १ गतेबाट विद्यालय खुल्ने, परीक्षा सञ्चालन गर्न शिक्षामन्त्रीको मौन समर्थन !


काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले असार १ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् ।

‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै उनले स्थगित भएका परीक्षा सञ्चालन गर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले परीक्षा सञ्चालन गर्ने सम्बन्धमा पनि मौन समर्थन जनाएका छन् । विद्यार्थी संगठनहरुले परीक्षा सञ्चालनका लागि विरोध जनाइरहेका बेला मन्त्रीको यस्तो वक्तव्य बाहिर आएको हो ।

‘शैक्षिक संस्था पुनः सचालन सम्बन्धमा कोरोना रोग रोकथाम तथा यिन्त्रण उच्चस्तरिय समन्वय समितिको सिफारिस र नेपला सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मात्र शैक्षिक संस्था पुनः सञ्चालन हुने व्यहोरा स्मरण गराउन चाहान्छु’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement