किशोरी माथि घरमै पसि बलात्कारको प्रयास, एक युवक पक्राउ


महेश सिंह
सिरहा । सिरहाको कल्यानपुर–८ अरङमा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । शनिबार साँझ घरमा कोही नभएको मौका छोपी सोही गाउँका २३ वर्षीय मो.रहिम मन्सुरीले किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

राईनले किशोरीको घरमै पसी मुख थुनेर जबरजस्ती करणीको प्रयास गरेपछि किशोरी चिच्चाएको र स्थानीयले किशोरीलाई उद्धार गरेका थिए । स्थानीयले किशोरीको उद्धारसहित युवकलाई समेत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

घटनापछि राति नै किशोरीको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परिक्षण गराइएको छ । रिपोर्ट आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए । बलात्कारको प्रयास गरेका राईनलाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement