प्रदेशसभा बैठकमा १० पटक गयल सांसद गुरुङ पदमुक्त

प्रदेशसभा बैठकमा १० पटक गयल सांसद गुरुङ पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभा बैठकमा १० पटक गयल भएकी सांसद गीता गुरुङ पदमुक्त भएकी छन् ।

जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित भएपछि पदमुक्त भएकी हुन् ।

नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभामा पूर्वसूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था रहेको छ । संवैधानिक प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त भएकाले पद रिक्त भएको घोषणा बुधबार बसेको छैटौं अधिवेशनको ११औं बैठकमा गरेका छन् ।

प्रदेशसभा नियमावली २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ । पाँचौं अधिवेशनअन्तर्गत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी छिन् ।

छैटौं अधिवेशनमा उनी कुनै बैठकमा उपस्थिति भएकी छैनन् । अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन् ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाएर गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरिसकेका छन् ।