प्रधानमन्त्रीलाई सांसद गुरूङले भनिन्- सरप्राइज दिन राज्य सञ्चालन कुनै बर्थडे पार्टी होइन

प्रधानमन्त्रीलाई सांसद गुरूङले भनिन्- सरप्राइज दिन राज्य सञ्चालन कुनै बर्थडे पार्टी होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसकी सांसद गीता गुरूङले प्रधानमन्त्री संसदमा बेला बेला सरप्राइज दिने शैलीमा आउन संसद बैठक बर्थडे पार्टी नरहेको बताएकी छन्। 

उनका अनुसार लोकतान्त्रिक व्यवस्था र कानुनको शासनप्रति प्रधानमन्त्रीको प्रतिबद्धतामाथि प्रश्न उठ्ने विषय हो।   

‘हाम्रो प्रधानमन्त्री ज्यू बेलाबेला सरप्राइज दिने शैलीमा आउनुहुन्छ। राज्य सञ्चालन कुनै बर्थडे पार्टीजस्तो होइन सरप्राइज दिन। यहाँ हामी सबै लोकतान्त्रिक व्यवस्था आत्मसात गरेर जनताको मत पाएर आएका छौं,’ उनले भनिन्, ‘लोकतन्त्रमा संविधानवादको विशिष्ठ महत्त्व हुन्छ। संविधानवादलाई कानुनको शासनले सुनिश्चित गर्छ। कानुनको शासनको महत्त्वपूर्ण विशेषता प्रेडिक्टिबिलिटी हो। सरप्राइजको शैली यसको विपरीत छ।’

यस्तै, सरकार सरप्राइजसँगै विषयान्तर गर्न माहिर रहेको उनको भनाइ छ। 

मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चलेको र तत्कालीन सचिव कृष्णहरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरुको स्टाटसमा रमाइलो चलेको उनले बताइन्। 

‘कीर्तिपुरस्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे। हाहाकार मच्चियो। यता आत्मदाहका तीन घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अघिल्तिर गाडी राखिएको फन्डा आएको छ,’ उनले भने, ‘यी प्रतिनिधिमूलक घटनाले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।’