म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सोमबार म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिएको बताएका हुन्।

सन् २०१२ अगष्टमा अफगानिस्तानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय एक दिवसीयमा पाइला राखेका ३७ वर्षे म्याक्सवेलले अन्तिम खेल भारतविरुद्ध गत मार्च ४ मा खेलेका थिए। १४९ एकदिवसीय खेलेका उनले ३ हजार ९९० रन बनाएका छन्। जसमा चार शतक र २३ अर्धशतक छ। उनको उच्चस्कोर एक इनिङ्समा २०१ नटआउट हे। उनको नाममा ७७ विकेट पनि छ।

मात्र ७ वटा टेस्ट खेलेका म्याक्सवेल सन् २०१७ पछि टेस्ट टिममा भने परेका छैनन्। २०१३ को मार्चमा भारतविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टेस्टमा डेब्यू गरेका उनले ८ वर्षसम्म पनि सन्यास भने घोषणा गरेका छैनन्।

सन् २०१२ देखि टी–२० आई खेल्दै आएका उनी २०२४ को नोभेम्बरदेखि टोलीमा छैनन्। उनले टी–२० आईमा पनि ११६ खेल खेलिसकेका छन्।

अस्ट्रेलियाले सन् २०१५ र सन् २०२३ मा एकदिवसीय विश्वकप जित्दा म्याक्सवेल टोलीमा थिए।