ग्लोबल आइएमई बैंकमा आगलागी

ग्लोबल आइएमई बैंकमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार (आज)अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।