ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक


काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्र्तगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक पाइनेछ ।

यस योजना अन्तर्गत २०७९ सालको होलीपर्व अर्थात फागुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोड मार्फत ग्राहकहरुले “जी आईबीएल– आफ्नो मनपर्ने रङको नाम”लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत(रु १५० सम्म) क्यास ब्याक पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरीसमय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकहरुलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होलीपर्व मनाउनका लागि समेत आग्रह गर्दछ ।

ग्लोबल आइएमई बैंक मुलुकका७७जिल्लामाशाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमापहिलो बैंकले ३६४ शाखाकार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवाप्रदानगरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement