ग्लोबल आइएमई बैंकको कामु सिइओमा ढकाल नियुक्त


काठमाडौं- ग्लोबल आइएमई बैंककाे कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)  मा महेशप्रसाद ढकाल नियुक्त भएका छन्।

सिईओ जनक शर्मा पौडेलले राजीनामा दिएपछि ढकाललाई बैंक सञ्चालक समितिले कामु सिइओमा बढुवा गरेको हो।   उनी मेगा बैंकबाट तीन महिनाअगाडि मात्रै ग्लोबल आइएमई बैंकमा डेपुटी सिइओका रुपमा भित्रिएका थिए।

ढकालको बैंकिङ करिअर नेपाल बैंकबाट सुरु भएको थियो।   तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement