ग्लोबल बैंकद्वारा एकैपटक ६ स्थानमा शाखा विस्तार


काठमाडौं– ग्लोबल आइएमई बैंकले एकैपटक ६ स्थानमा शाखा विस्तार गरेको छ।

ग्लोबलले गोरखाको गोरखा गोरखाबजार, बाराको निजगढ, मोरङको बिराटचोक, मनमैजु र हात्तिगौडा, डोटीको चवाराचौतारामा शाखा बिस्तार गरेको हो।

योसँगै ग्लोबलको शाखा कार्यालयको संख्या १ सय २० पुगेको बैंकले जनाएको छ। नाकारी दिएकोछ। १ सय २७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ्ग सेवा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement