भुटानको पोष्टमा नेपालले हान्याे २ गोल


काठमाडौं – दशरथ रंगशालामा जारी साग फुटबलको फाइनलमा नेपालले भुटानको पोष्टमा अर्को एक गोल हानेको छ । नेपालका लागि सुनिल बलले दोस्रो गोल गरेका हुन् ।

खेलको १६ ओं मिनेटमा गोल फर्काएको नेपालले दोस्रो हाफको सुरुवातमै गोल हानेको हो ।

अहिले भुटान र नेपाल १–२को फरकमा खेलिरहेका छन् । यसअघि नेपालले गोल गरेपछि भुटानले पनि एक गोल फर्काएको थियो ।

खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल हानेका थिए । भुटानको तर्फबाट चेञ्चो ग्याल्सेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement