तस्कर समूहबाट असई विकको घाँटी रेटेर हत्या, जवान अझै बेपत्ता


काठमाण्डु – कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्या आशंकामा १३ जना पक्राउ परेका छन् ।

शनिबार राती बेपत्ता भएका असईबो शव आइतबार बिहान मोहना नदी किनारमा फेला परेको छ । भने असईसँगै ड्युटीमा खटिएका प्रहरी जवान राम बहादुर साउद अझै फेला परेका छैनन् ।

प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको बताएको छ । लत्ताकपडा र खाद्यान्नको तस्करी हुने उक्त क्षेत्रमा असई विकले सक्रियता देखाउँदै आएका थिए ।

पक्राउ परेका व्यक्तिले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा पहिले जवान साउदको हत्या गरेको र पछि असई विकलाई घेरा हालेर आक्रमण गरेरका थिए । त्यसपछि उनको घरेलु हतियारले घाँटी रेटेर हत्या गरेको बताएका छन् ।

पक्राउ परेका युवाले तस्करकिो सामान आयात गर्न अवरोध गरेपछि हत्या गरेको स्वीकार गरेका छन् ।

उनीहरु दुवै जना शनिवार राति गस्तीमा निस्किएका थिए । राती ११ बजेसम्म उनीहरु सम्पर्कमै भए पनि त्यसपछि भने उनीहरु बेपत्ता भएका थिए ।

सुदुरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदीले तस्करले हत्या गरेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement