असई गोविन्द बिकको हत्या आशंकामा ११ जना पक्राउ


काठमाण्डु – कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) गोविन्द बिकको हत्या आशंकामा ११ जना पक्राउ परेका छन् ।

हिजो रातिदेखि बेपत्ता भएका असई बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको थियो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर सांउद भने फेला परेका छैनन ।

उनीहरु दुवै जना शनिवार राति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

सुदुरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदीले तस्करले हत्या गरेको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement