देउवाले गोविन्द केसीलाई बालुवाटार बोलाए, स्वास्थ्य राज्यमन्त्री हटाउने माग पूरा होला ?

देउवाले गोविन्द केसीलाई बालुवाटार बोलाए, स्वास्थ्य राज्यमन्त्री हटाउने माग पूरा होला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसंग वार्ता गर्ने भएका छन् ।

केसीले राखेका मागबारे चासो राख्दै प्रधानमन्त्री देउवाले छलफलका लागि साँझ पाँच बजे बालुवाटार बोलाएका हुन् । आज बालुवाटारमा प्रधानमन्त्री देउवा, डा. केसी र उनका सहयोगीबीच वार्ता हुने जनाइएको छ ।

केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् । केसीले माग पूरा गर्न भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

डा. केसीको स्वास्थ्य राज्यमन्त्री हटाउने पूरा नहुने भएको छ । मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेका बेला स्वास्थ्य मन्त्रालय नेतृत्व बिहीन बनेको छ । त्यही भएर भएका एक जना स्वास्थ्य राज्यमन्त्रीलाई हटाउने पक्षमा देउवा छैनन् ।