रामकुमारी झाक्रीलाई हराउँदै एमालेका गोकर्ण विष्ट विजयी


काठमाण्डु- गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट विजयी भएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै विजयी भएका हुन् । बिष्टले २८ हजार ४७६ मत ल्याउँदा झाँक्रीले २६ हजार ४४२ मत पाएकी छन् । यो सँगै बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् ।

यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement