मन्त्री विष्टले कर्मचारीलाई दिए यस्तो निर्देशन


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कर्मचारीहरुको तलवसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिवद्ध रहेका बताएका छन् ।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३०औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् ।

उनले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण गराए ।

मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरुलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement