वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक काम गरेँ, प्रधानमन्त्रीज्यूलाई धन्यवादः गोकर्ण विष्ट


काठमाडौं – निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन् ।

बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमान्दारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन् ।

साथै उनले मन्त्री रुपमा काम गर्ने अवसर प्रदान गर्ने प्रधानमन्त्री केपी  ओलीलाई धन्यवादसमेत दिएका छन् । प्रधानमन्त्री  ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए ।

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ ( वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ’, विष्टले लेखेका छन्,‘अहिले मन्त्रीबाट बाहिरिएको छु ( थप उर्जा र प्रेरणाका साथ ।’

उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवादसमेत दिएका छन‍् ।

प्रतिक्रिया दिनुहोस
Advertisement