काठमाण्डु – नवनियुक्त गृहसचिव गोकर्णमणि दुवाडीले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार गृह मन्त्रालय पुगेर गृहसचिव दुवाडीले पदबहाली गरेका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृहसचिव बनाउने निर्णय गरेको थियो । यसअघि उनी राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी थिए ।
तत्कालीन गृहसचिव एकनारायण अर्याललाई सरकारले मुख्यसचिव बनाएपछि गृहसचिव पद रिक्त थियो ।
प्रतिक्रिया