प्रधानमन्त्री भिडियो कल गर्दै हुनुहुन्छ, नेपालीको चाहना तत्काल स्वदेश फर्किने छ : बाँस्कोटा


काठमाण्डु – नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले इजरायल घटनामा सरकारको कूटनीतिक कमजोरी छताछुल्ल भएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले इजरायलमा हमासको आक्रमणमा परेका १० नेपाली विद्यार्थीले ज्यान गुमाएको तथा कतिपय संकटमा फसेकाहरूलाई उद्धारमा भएको ढिलाइले सरकारको कूटनीति छताछुल्ल भएको बताए ।

उनले भने, ‘सरकारको कूटनीति छताछुल्ल पोखिएको छ । प्रधानमन्त्री भिडियो कल गरेर लोकप्रिय काम गर्दै हुनुहुन्छ । समवेदना ! तर त्यहाँ संकटमा फसेका नेपालीहरूको चाहना तत्काल स्वदेश फकाईयोस् भन्नेछ ।’

इजरायलले पूरै युद्धको घोषणा गरेको भन्दै उनले सबै नेपालीहरूलाई तत्काल नेपाल फर्काउन र उपचारको व्यवस्था गर्न माग गरे ।

आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले इजरायलमा संकटमा परेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement