कम्युनिस्ट एकताप्रति गोकुलको व्यङ्ग्य-पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग

कम्युनिस्ट एकताप्रति गोकुलको व्यङ्ग्य-पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय कम्युनिस्ट पार्टीहरूबीच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति एमालेका नेता गोकुल बास्कोटाले टिप्पणी गरेका छन्।

नेता बास्कोटाले पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्च भएको उल्लेख गरेका छन्। ‘देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको छ’, नेता बास्कोटाले लेखेका छन्।

‘भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो’, उनले लेखेका छन् । वास्कोटाले राजनीतिक दलहरूबीच एकता वा मोर्चा बनाउने नाममा नेतृत्वले केवल आफ्नो स्वार्थ मात्रै हेरेको पनि टिप्पणी गरेका छन् ।

कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न उनको सुझाव छ ।

बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’