गोकुल बास्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि


काठमाण्डु – पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले आफु र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक संजालमार्फत गराएका छन् ।

बिहीबार दिउँसो ट्विट गर्दै बाँस्कोटाले आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन्। बास्कोटाले आफुले पछिल्लो १० दिनदेखि कसैलाई नभेटेको बताएका छन् ।

बास्कोटाले आफुलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जानकारी गराएका छन् । बास्कोटाले आफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement