संचारमन्त्री बास्कोटाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता 


काठमाडौं – सूचना तथा संचार मन्त्री गोकुल बास्कोटा  र नेपाल टेलिकमविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । स्नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै उनिविरुद्ध मुद्दा दायर भएको हो । 

स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री  र टेलिकमलाई कारवाहीको मागसहित बुधवार मुद्दा दर्ता गरेको हो ।  स्क्रापले पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गर्ने कम्पनी देपुटा इन्टरनेशनलसंग स्म्झौता गर्न खोजेको दावी गरेको छ । 

यसअघि नै स्क्रापले सर्वोच्चमा दिएको रिट निवेदनमा अल्पकालिन आदेश भएको थियो । आदेशमा तिनै पक्षलाई छलफलका लागी बोलाउने निर्णय भएको थियो । 

तर, मुद्दाको टुंगो नलागी  ग्राहक सेवा निर्देशनालयसंग भएको सम्झौताको आधारमा देपुटा फर्मलाई ब्याट्री उठाउन दिइएको दाबी गर्दै स्क्राप फर्मले संचारमन्त्री वास्कोटाविरुद्ध अवहेलना मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement