काठमाण्डु– सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश आंशिक रूपमा खुकुलो बनाइएको छ।
आइतबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जनाएको हो।
प्रशासनले स्थानीय सुरक्षा अवस्था र परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्युलाई अझ खुकुलो बनाउने वा पूर्ण रूपमा हटाउने विषयमा आवश्यक निर्णय गरी पुनः जानकारी गराइने जनाएको छ।
यस्तै, गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमनलाई आवश्यक सहजीकरण गरिने उल्लेख गरिएको छ। कर्फ्यु खुकुलो पारिएको अवधिमा पनि पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने प्रशासनले स्पष्ट पारेको छ।





प्रतिक्रिया