बुधबार सुनको मूल्य घट्यो, तोलाको कति ?


काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement