सुनकाे मूल्य घट्याे, ताेलाकाे कति ?


काठमाण्डु- नेपाली बजारमा बुधबार  सुनको मूल्य तोलमा एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बुधबार तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको मूल्य नै कामय हुँदै प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement