बढ्यो सुनको मूल्य,कति पुग्यो?


काठमाण्डु – आजपनि सुनको मूल्य बढेको छ । आज (बिहीबार) सुन प्रतितोला ५०० को दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने सस्तिएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएको हो । अघिल्लो दिन प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement