आजदेखि सुनचाँदीको असर्फी बिक्री खुल्ला, एक सिक्काकाे कति पर्छ ?


काठमाण्डु सुनचाँदीका असर्फी बिक्री खुल्ला भएको छ । आइतबारदेखि तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताका लागि सुनचाँदीका असर्फी बिक्री खुल्ला गरेको हो ।

जसअनुसार सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरिएको छ । केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ ।

त्यस्तै १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ । यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement