आइतवार सुनको मूल्य कति छ ?

आइतवार सुनको मूल्य कति छ ?


काठमाण्डु- महिनाको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत्‌ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपालमा सुन र चाँदी खरिदबिक्रीमा मंसिर १ गतेकै भाउ कायम भएको हो ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।