ह्वात्तै बढेर सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


काठमाण्डु- सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । आज छापावाल सुनको मूल्य १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड राख्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement