अवैध रूपमा भन्सार छलेर लैजान लागेको सुनसहित १ जना पक्राउ


काठमाण्डु – भन्सार छलि अवैध रूपमा संकलन गरी लैजान लागेको करीब २५ ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी १ थानसहित प्युठानको गौमुखी गाउँपालिका–१ घर भई काठमाण्डु महानगरपालिका–२६ बस्ने ४१ वर्षीय अम्बर तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छलि गर्न लगाई सुन संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement