बढ्यो सुन र चाँदीको मूल्य


काठमाण्डु – स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको छ ।

आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर एक हजार आठ सय ८० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement