तेस्रो दिन सुनको मूल्य यथावत

तेस्रो दिन सुनको मूल्य यथावत


काठमाण्डु – नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य यथावत छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको जनाएको छ ।

आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य केही घटेको छ । सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।