आज पनि ११ सयले बढ्यो सुनको भाउ, पुग्यो नयाँ रेकर्ड नजिक

आज पनि ११ सयले बढ्यो सुनको भाउ, पुग्यो नयाँ रेकर्ड नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधवार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

मंगलबार १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

यसअघि गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।