काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।
मंगलबार १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३० रुपैयाँ बढेर तोलामा २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया