सुन प्रतितोला ८० हजार रुपैयाँ


काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन प्रतितिोला ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने ३०० रुपैयांले घटेर ८० हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगरबार ९२५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement