बुधबार सुनको मूल्य ८० हजार ५०० पुग्यो


काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो । यो अहिलेसम्म कै उच्च मूल्य हो ।

यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement