सुनको मूल्यमा नयाँ कीर्तिमानी, ८२ हजार पाँच सय पुग्यो


काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ ।

बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन शुक्रबार एकैदिन प्रतितोला १८ सयले बढेर हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो । चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement