१४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

१४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो ।