कति छ आज सुन र चाँदीको मुल्य ?

कति छ आज सुन र चाँदीको मुल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। बुधबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ रहेको छ।

मंगलबार सुनको मुल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा १,४०० रुपैयाँले घटेको थियो।

त्यसैगरि बुधबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा तोकिएको छ । चाँदि मंगलबा।को तुलनामा २५ रुपैयाँले कम हो।