सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

सोमबार सुन प्रतितोला तीन सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला २० रूपैयाँ बढेर पाँच हजार ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।