काठमाण्डु- आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।
२ लाख ९३ हजार ७ सय रूपैयाँमा किनबेच भएको सुन आज २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेर ५०१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया