काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार दुई लाख ९१ हजार ५०० मा कारोबार भएको सुन बुधबार एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। मंगलबार पाँच हजार ६० रुपैयाँ निर्धारण भएको चाँदी २० रुपैयाँ बढेर पाँच हजार ८० रुपैयाँ पुगेको छ।




प्रतिक्रिया