एकैदिन ५ हजार ५ सय रुपैँयाले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

एकैदिन ५ हजार ५ सय रुपैँयाले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५ सय रुपैँयाले घटेको हो ।

हिजो २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८५ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो ५०८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २१५ रुपैयाँले घटेर ४८६४ रुपैयाँ पुगेकाे महासंघले जनाएको छ ।