काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले घटेर ४२८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया